३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा ) र मनासलु वर्ल्ड कलेज बिच सम्झौता : बिपन्न तथा जेहेन्दार बिद्यार्थी लाई निशुल्क पढ्ने ब्यबस्था


३ श्रावण २०७९, मंगलबार  


राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा ) र मनासलु वर्ल्ड कलेज बिच सम्झौता : बिपन्न तथा जेहेन्दार बिद्यार्थी लाई निशुल्क पढ्ने ब्यबस्थाप
काठमाडौं । मनासलु वर्ल्ड कलेज चाबहिल चुच्चेपाटी ले राष्ट्रिय अनलाइन पत्रकार संघ को सिफारिसमा बिपन्न तथा जेहेन्दार बिद्यार्थी लाई पुर्ण रुपमा निशुल्क अध्यापन गराउन सहमत भएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ र मनासलु कलेज बिच आज भएको संझौता मा यो सहमति भएको हो ।
श्रमजीवी पत्रकार हरु तथा उनिहरुका परिवार ले बेहोर्नु परीरहेको हरेक समस्यालाई सहजीकरण गर्न राष्ट्रिय अनलाइन पत्रकार संघ ले कलेज , अस्पताल लगाएतको क्षेत्रमा पत्रकार लाई दिने सेवा सुबिधा सम्बन्धि सम्झौता हरु गर्दै आएको छ ।
यस अघिपनी नोजा ले समाज डेन्टल अस्पताल र ग्रीन सीटी अस्पताल संग पत्रकार हरुको लागि सहज रुपमा उपचार गराउने बिषयमा सम्झौता भएको थियो ।
बिशेष गरि पत्रकरीता बिषयमा पढ्न चाहेर पढ्न नसकेका र पढ्न नसक्ने अवस्थामा रहेका पत्रकार का एकाघरका सदस्यलाई लक्षित गरि यो सम्झौता गरिएको नोजाका अध्यक्ष मुकुन्द ढुंगाना ले बताउनु भयो ।
कलेजले व्यावसायिक मात्र नभएर सामाजिक दायित्व समेतलाई मध्यनजर गर्दै छात्रवृत्ति को विभिन्न प्याकेज नै बनाएको भएपनी पत्रकार हरुको लागि बनाएको यो पहिलो प्याकेज भएको कलेजका अध्यक्ष ग्येन्द्र लामा ले बताउनु भयो।
यस्ता सम्झौता हरु बाट दुबै पक्षलाई हित हुने भएकोले अझ परिस्कृत र परिमार्जित रुपमा समाजसेवा लागेको अनुभुती हुनेगरी सम्झौता कार्यन्वयन गर्न कलेज का प्रीन्सिपल राजन श्रेष्ठले जोड दिनु भयो ।
सम्झौता गर्ने कार्यक्रम मा सारा खबर , राष्ट्रिय खबर ,मुग्लानी खबर ,वेब बैंक ,आर्थिक प्लस , आर्थिक चौतारी लगायत का नोजा मा आवद्ध मिडिया हरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : १३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.