५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

अतिरिक्त महानिरीक्षक (एआईजी) पोखरेलले दिए राजीनामा


२ श्रावण २०७९, सोमबार  


काठमाडौं।नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले आईजीपी बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्चमा मुद्धा दायर गरेका पोखरेलले सर्वाेच्च अदालतले सो मुद्दा खारेज गरेपछि सोमबार राजीनामा दिएका हुन।उनले नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर एआईजी पदबाट राजीनामा दिएका थिए।

अब उनको राजीनमा आईजीपीमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । त्यसपछि उनको राजीनामा मन्त्रिपरिषदले नै स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : १२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.