५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भारत भ्रमणबाट फर्किए प्रचण्ड, भ्रमण सफल भएको दावी


१ श्रावण २०७९, आइतबार  

0
Shares

काठमाडौं।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।

तीन दिने भारत सकेर आइतबार साँझ स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसंग सो कुरा बताएका हुन्।

भारत भ्रमणका क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल-भारत सम्बन्धका समस्यालाई जोड दिएर उठाएको प्रचण्डको सचिवालयले जनाएको छ । भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको उसको भनाइ छ ।

उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिल्ली पुगेका थिए । उनले भ्रमणका क्रममा भाजपा अध्यक्ष नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकरसहित भाजपाका नेताहरूसँग कुराकानी गरेका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेटवार्ता नगरी स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ५० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.