३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

गौतमबुद्घ मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको कार्यसमिति पुनर्गठित,अध्यक्षमा दावा जाङ्बु


१ श्रावण २०७९, आइतबार  


खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।गौतमबुद्घ मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको कार्यसमिति पुनर्गठन भएको छ ।

समूहको शनिबार सम्पन्न बैठकको निर्णय अनुसार पुनर्गठित समितिको अध्यक्षको जिम्मेवारी दावा जाङबु शेर्पालाई दिइएको छ। समुहको उपाध्यक्षमा याङजी राई र सचिवमा फुनुरू शेर्पा चयन भएको गौतमबुद्घ मध्यवर्ती क्षेत्र उपभोक्ता समुहले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउपालिका वडा नं ३ मा रहेको गौतमबुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समुहका अध्यक्ष नुरू जाङबु शेर्पा स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्बाचित भएपछि उनले राजीनामा दिएका थिए।सचिब फुनुरु शेर्पाको अध्यक्षतामा सम्पन्न सो बैठकमा निबर्तमान अध्यक्ष समेत रहेका वडा नं-३ का वडाध्यक्ष शेर्पा,गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पा,वडा सदस्य मिनाफुटी शेर्पा,सगरमाथा राष्ट्रिय निकुञ्जका गेम स्काउट खेमराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.