६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

नेचासल्यान गाउँपालिकाले हटायो करारका सबै कर्मचारी, पञ्जिकरण शाखाका यथावत रहने


३२ असार २०७९, शनिबार  


सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकाले यस अघि करारमा नियुक्त गरिएका कर्मचारीहरुको करार अवधी थप नगर्ने भएको छ।

गाउँपालिका अध्यक्ष धञ्जन राईको अध्यक्षतामा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पञ्जिकरण शाखा, शिक्षक र विद्यालय कर्मचारी बाहेक अन्य सबै करार र ज्यालादारी कर्मचारीहरुको करार अवधी थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लवुन राइले जानकारी दिएका छन् ।

प्रमुख प्रशाकीय अधिकृत राईद्वारा शुक्रबार सांझ जारी सूचनामा जनाईए अनुसार साउन १ गतेदेखि लागु हुने गरि करार अवधी थप नहुनेमा गाउँपालिकाको कार्यालय,वडा कार्यालय,अस्पताल,स्वास्थ्य चौकी र विभिन्न कार्यक्रममा कार्यरत अस्थायी,करार र ज्यालादारी कर्मचारी रहेको उल्लेख गरिएको छ।

कर्मचारीहरुको करार अवधी थप नगर्ने गाउँकार्यपालिकाको सो निर्णयमा गाउँपालिकाको वडा नं-५ का वडाध्यक्ष राजन राईले भने नोट अफ डिसेन्ट लेखेको बताईएको छ।

नेचासल्यान गाउँपालिकाको आजै दिउँसो बसेको गाउँसभा बैठकले आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बिनियोजित बजेट पारित गरेको थियो

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ३६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.