५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

बुढीगंगा नगरपालिकामा एमालेको अग्रता यथावत नै



केदार बस्नेत।बाजुराको बुढीगंगा नगरपालिकामा सार्वजनिक भएको मतपरिणाम अनुसार सुरुवात देखि नै एमालेका उम्मेदवार अगाडि रहेका छन्।

७ हजार ४ सय १७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १ सय १ मत ल्याएका छन्।उनीहरूबीच ७ सय ८० मतको फरक छ।

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७ सय ५३ ल्याएकी छन् ।उनलाई कांग्रेसकी रिता शाहले ३ हजार १ सय ५३ मतका साथ पछाईरहेकी छन् ।एमालेकी खड्का ६ सय मतले अगाडि छन्।बुढीगंगा नगरपालिकामा जम्मा ९ हजार ७ सय ११ मत खसेको थियो।अब १ हजार ७ सय ११ मत गन्न बाँकी रहेको छ।सार्वजनिक भएका ६ वडामध्ये एमालेले ५ र कांग्रेसले १ वटाको अध्यक्ष जितिसकेको छ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.