१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको महाधिवेशन साउन १३ गते काठमाडौमा हुने



काठमाडौं।नेकपा एमाले निकट पर्यटन व्यवसायीको संगठनले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन महाधिवेशन साउन १३ गते काठमाडौंमा हुने भएको छ ।

महाधिवेशनका लागि शुक्रवार सम्पन्न सो संगठनको विस्तारित बैठकले पूर्णबहादुर कुँवरको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

महाधिवेशन सम्पन्न गर्न विभिन्न कमिटी गठन भएको छ । यस्तो कमिटीमध्ये आर्थिक कमिटीमा कलाधर बराल ,लीला लामा र कमल नेपाल छन । प्रतिनिधि छनोट कमिटीमा पूर्ण बहादुर कुँवर, राजेन्द्र सापकोटा र यमबहादुर खड्का छन । अथिति सत्कार कमिटीमा प्रदीप आचार्य, जीवन थपलिया, विदुर खतिवडा र जया बराल रहेका छन ।

मंच व्यवस्थापन कमिटीमा जीवन थापा मगर, प्रह्लाद लोहनी र दीपक दाहाल छन । घोषणा पत्र तयार गर्ने कमिटीमा घनेन्द्रबहादुर श्रेष्ठ, डा. आलोक प्रसाई र टिकाराम गुरुङ छन् । कार्यालय व्यवस्थापन गर्ने सम्बन्धि कमिटीमा कलाधर बराल, सुधीर उपाध्याय, राम वली दास तथा प्रचारप्रसार कमिटीमा मदन भण्डारी, बासु लम्साल र विष्णु पाण्डे रहेका छन् ।

महाधिवेशन प्रतिनिधि हुन भने आगामी साउन ७ गते सम्म बन्ने सदस्यता लिइसक्नुपर्ने निर्णय पनि बैठकले गरेको संगठनका प्रतिनिधि छनोट समिति सदस्य यमबहादुर खड्काले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ५ : ०९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.