८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नेपाल सरकारले गर्‍यो भोलि राष्ट्रिय शोक मनाउने घोषणा



काठमाडाै। जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा नेपाल सरकारले भाेलि शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे छ ।

आज शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले आबेकाे निधनप्रति दुःख व्यक्त गर्दै शनिवार राष्ट्रिय शाेक मनाउने निर्णय गरेकाे हाे । आबेमाथि भएकाे गाेली प्रहारलाई नेपालले घाेर भर्त्सना पनि गरेकाे छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेकाे निधनप्रति दुःख व्यक्त गर्नुभएकाे थियाे ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे । गाेली प्रहार भएपछि घाइते उनको शुक्रबार उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : २८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.