२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

पर्यटकहरुलाई सगरमाथामा बसौं बसौं बनाउन अझै पर्यटन क्षेत्रमा विकास गर्न विज्ञहरुको सुझाव



केदार बस्नेत।बौद्धिक बहुसंख्यक मानव जातिको मनोकांक्षा हिमाल आरोहण गर्ने नै हुन्छ।विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भनेर नेपाललाई चिनिने गरेको सबैलाई थाहा नै छ।माथि उल्लेख भएको सगरमाथा सोलुखुम्बुमा पर्छ,उक्त जिल्ला हिमाली जिल्ला भनेर जानकारहरुका लागि सर्वविवितै छ।

धेरै नाम चलेका हिमशृङ्खलाहरु मध्ये सगरमाथा खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ।राज्य स्थानीय पुन संरचनामा गए पश्चात् कुल ७५३ स्थानीय तहमध्ये सोलुखुम्बुको माथि घोषित पालिकाले पनि स्वर्गीय पहिलो सगरमाथा आरोही महिला पासाङल्हामु शेर्पाको नामबाट स्थानीय तहको नाम राख्ने सरकारले घोषणा गर्‍यो।यस्तै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा यसअघि नै सरकारले लुक्लामा तेन्जिङ हिलारी एर्पोट(विमानस्थल) निर्माण गरिसकेको छ।यो एर्पोट विश्वमा पर्यटकहरुको प्रवेशद्वाराका रूपमा परिचित छ।

विशेष गरी ६ ॠतुहरुमध्ये वसन्त ऋतु(चैत,बैशाख)र शरद ऋतु(असोज,कार्तिक) हिमाल आरोहणका लागि उपयुक्त सिजन हुन्। यी दुवै सिजनमा हिमाल चढ्न र हेर्नकै लागि खुम्बु क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकहरू पुग्छन्। तर जब सिजन सकिन्छ, यी क्षेत्रमा पर्यटकको चहलपहल खासै देखिँदैन।गत जुन १० देखि जुलाई २ सम्म डा. शिव देवकोटासहित क्लार्क विश्वविद्यालयका डा. ब्रिट बनयार्ड, थोमस रोहल, अमेरिका र मेक्सिकोका वैज्ञानिकहरू र शेर्पा गाइडहरू खुम्बु क्षेत्रमा च्याउ पर्यटन अध्ययन भ्रमणमा गएका थिए। नौ जनाको उक्त टोलीले अध्ययन भ्रमणपछि जंगली पर्यटन च्याउको सम्भावना देखिएको बताएका हुन्।

अबको पर्यटन प्रवर्द्धनमा च्याउ पर्यटनको सम्भावना रहेको डा.देवकोटाको दाबी छ। उनले नेपालको पर्यटनमा च्याउको प्रचुर सम्भावाना रहेको र जंगली च्याउले पनि नेपालमा विश्वका पर्यटकहरुलाई आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरेका हुन्।विज्ञहरुले सोलुखुम्बुको सल्लेरी हुँदै सगरमाथा आधार शिविरसम्म डेढ सयभन्दा बढी प्रजातिका च्याउ भेटेको बताएका छन्। उक्त क्षेत्रमा च्याउ पर्यटकको रूपमा गएको टोलीले एक सय ५६ प्रजातिको च्याउ भेटिएको डा. देवकोटाले रहस्य खबरलाई बताएका छन।

जंगली च्याउ पर्यटनको सम्भावना अध्ययन गरेर यसलाई प्रवर्द्धन र विकास गर्न सकेमा समग्र पर्यटन क्षेत्रमा टेवा पुग्ने देवकोटाको भनाई छ।’ डा. देवकोटा भन्छन्,’पर्यटकहरू च्याउ हेर्नकै लागि नेपाल आउँदैनन् तर पदयात्रा गर्दैगर्दा विभिन्न प्रजातिका च्याउ अवलोकन गर्न सक्छन्।’५ हजार १ सय २३ मिटर उचाइमा पनि च्याउ प्रजातिको अभिलेख गरेको छ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ०५ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.