५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

पूर्बराजा ज्ञानेन्द्र ७६ औं बर्षमा प्रवेश ,सामाजिक सन्जालमा शुभकामनाको ओइरो



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ७६ औं बर्ष आज ७६ औं बर्षमा प्रवेश गर्नुभएको छ।

वहाँको शुभजन्मोत्सवका अवसरमा राजनीतिक दलका नेतादेखि सर्बसाधारणसम्मले सामाजिक संजालमार्फत सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरिरहेका छन्।

राजा ज्ञानेन्द्रको शुभजन्मोत्सव मनाउन नागरिक मूल समारोह समिति गठन गरिएको भएपनि पूर्बराजदम्पती थाईल्याण्डमा रहेका कारण यस बर्ष निर्मल निबास पुगेर वहाँलाई शुभकामना दिने कार्यक्रम भने प्रभावित भएको छ। गत असार ३ गते थाइल्याण्ड पुगेका पूर्वराजा र पूर्वरानी कोमल शाहको त्यहाँ कम्तीमा एक महिना बस्ने योजना रहेको निर्मल निवास स्रोतले बताएको छ ।

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले असार महिनाभर थाइल्याण्डमै रहने र साउन लागेपछि फर्कने मिति तय हुने बताएका छन् ।
हुनत पूर्वराजाको थाइल्याण्ड भ्रमण निजी हो । नातिनीको दीक्षान्तमा सहभागी हुन पूर्वराजदम्पती त्यहाँ प्रस्थान गर्नुभएको थियो।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : ४४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.