६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सोलुखुम्बुमा चट्याङले ७ वर्षीय बालकको मृत्यु,आमालाई बनायो गम्भिर घाइते



केदार बस्नेत।अविरल परेको वर्षाका कारण चट्याङ लागेर सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ साथै एक महिला घाइते भएकी छन।गाउँपालिकाको वडा नम्बर ९-लोखिममका ७ वर्षीय सुजन तामाङको घटनास्थलमा नै मुत्यु भएको वडाअध्यक्ष सनकुमार तामाङले जानकारी दिनुभयो।मावली घर आमासँगै गएका बालक घरको पेटिमा बसेको अवस्थामा चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ ।मृतक बालकका आमा ताकमाया तामाङलाई चट्याङले गम्भिर घाइते बनाएको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.