काठमाडौं । एक जना युट्युब सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले बेलकोटगढी-७ घर भई हाल काठमाडौंको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामा पक्राउ गरेको हो ।
रियल टिभी’ नामक युट्युबका सञ्चालक हुन् । उनले रियल टिभी नामक च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएकोले विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।