५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

बिबादीत अर्थमन्त्रीमाथि संसदीय समिति गठन गरेर तत्काल छानबिन गर्नुपर्छ : खड्का



काठमाडौं।सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बिबादीत अर्थमन्त्री जनार्दन शर्मा माथि संसदीय समिति बनाएर छानबिन गर्न ढिला गर्न नहुने बताएका छन् ।

यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन गर्ने परम्परा रहेको खड्काले बताए। ‘बरू ढिला नगरौं, संसदबाट आजै संसदीय छानबिन समिति निर्माणको टुंगो लगाऔं,’ उनले भने।

अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप छ।

‘बजेट निर्माणका बेलाका विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खड्काले भने।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ४८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.