केदार वस्नेत।नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पुर्वमन्त्री समेत रहेका थापाले अर्थमन्त्रालायले कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर त्यो नियम समेत नमानेको संसद भित्र र बाहिर प्रश्न उठेकाले तत्काल मन्त्री शर्माले राजीनामा दिनुपर्ने बताउनुभएको हो।
अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाको माग छ ।अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ ।नेकपा एमालेले संसदमा यो विषय उठाउँदै संसदीय छानबिनको माग गरेको छ ।
प्रधानमन्त्रीले राजीनामा नमागे अर्थमन्त्रीले आफै राजीनामा दिनुपर्ने थापाको भनाइ छ ।