२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

लिखुपिकेले आफ्ना वडाहरुमा ओखर,अलैंची,किवि तथा चिया जोनको कार्यक्रम सञ्चालन गर्ने



केदार बस्नेत।सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले महत्त्वपूर्ण निर्णयहरु गरेको छ।आज बसेको कार्यपालिका बैठकबाट विविध महत्त्वपूर्ण निर्णयहरु भएको वडा नम्बर ३ का अध्यक्ष तथा पालिका प्रवक्ता मनिराज बस्नेतले जानकारी दिनुभयो।

बैठकले लिखु खोलामा सञ्चालित जलविद्युत परियोजना सँग सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम माग गर्दा एकद्वार निति अवलम्बन हुने गरी वडा कार्यालयको सिफारिसका आधारमा पालिकाले पत्राचार गर्ने तथा सोही अनुसार हुने गरी व्यवस्था हुन सम्बन्धित परियोजना लाई पत्राचार गर्ने निर्णय गरेको छ।यस्तै बैठकले गाउँपालिकाका सबै ५ वडाहरुमा कृषि जोन कार्यक्रम सञ्चालन गर्ने क्रमश वडा नम्बर १ ,२ र  ३ मा ओखर जोन ,४ मा अलैंची र किवि जोन र ५ नं. वडामा चिया जोन अन्तर्गत कार्यक्रम सञ्चालन गरिने प्रवक्ता बस्नेतले बताउनुभयो।

१,४  र ५ नं वडामा विद्युत विस्तार गर्नको लागी सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ यस्तै ५ नं वडाको छिम्बुमा रहेको नेपाल टेलिकम को टावरबाट यथासक्य 4G सेवा सञ्चालन को लागी नेपाल टेलिकम कार्यालयको सम्बन्धित विभाग मा पत्राचार गर्ने निर्णय भएको छ।यस्तैराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिकाको चन्द्रज्योती मा.वि. ,बुढाकिन्जा आ.वि. , गोली आ.वि. र कमलामाई आ.वि. को लागी भवन माग गर्ने साथै लिखु खोला- नामजाङ-कोर्याम ,मोझुवा खोला र ठुलो दोभान-नयाँ बन जोड्ने झोलुङ्गे पुल निर्माणार्थ Telebridge Support Unit सँग माग गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी गराउँनु भयो।पालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षतामा कार्यपालिका बैठक सम्पन्न भएको लिखुपिके गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : ०७ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.