५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

जसपा बिबाद : बाबुरामले बोलाए केन्द्रीय समितिको विस्तारित बैठक



काठमाडौँ ।अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरु हेरफेर गरिएपछि तीब्र असन्तुष्ट बनेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेका छन् ।

Baburam Bhattarai (UCPN-M leader)

अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने ।

उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.