१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

घाटी थिचेर सुमन बिकको हत्या गरेको अभियोगमा महिला पक्राउ



सिन्धुली । सुमन बिकको हत्या गरेको अभियोगमा एकजना पक्राउ गरियको छ । कमलामाई नगरपालिका-६ धुरा बस्ने बिकको हत्या गरेको अभियोगमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई आइतबार राति प्रहरीले पक्रेको हो ।


सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै–झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्रेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ४८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.