३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

माओवादी केन्द्र : केन्द्रीय सदस्यहरुलाई बोल्न दुई मिनेटको समय



काठमाडौं।नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला छलफल सुरु भएको छ । यसअघि प्रतिवेदनमा समूहगत छलफल हुँदै आएकामा यस पटक खुला छलफलको अवधारणा ल्याइएको छ । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिएका छन् ।

प्रचण्डले प्रतिवेदनमाथि लागेका कुराहरु २ मिनेटभित्र सक्न भन्दै फ्लोर खुला गरेका हुन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा आइतबार प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेश गरेका थिए । उनले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताएका थिए ।

प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : १६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.