६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

रेशम अधिकारी(पुकु)का चार मुक्तक



मुक्तक-१

अञ्जानमा हो या जानाजान् भन्दिएँ
बेअर्थ लाग्छ त्यो सराबपान भन्दिएँ
सर्वोत्तम नशा के हो? सोध्यो कसैले
निर्धक्क मैले तिम्रो मुस्कान भन्दिएँ ।
मुक्तक-२

लेखाइमा कयौं हक अधिकार हुन्छन्
व्यवहारमा प्राय सबै अस्विकार हुन्छन्
पुरुष त एक बहाना मात्र हो हिंसाको
बास्तबमा नारी नारीकै सिकार हुन्छन् ।
मुक्तक-३

संकट अभाव हराउँछ अनि शोक हराउँछ
सन्तान तृप्त हुँदा उनको सबथोक हराउँछ
बाँड्दा बाँड्दै भान्सामा भाँडा रित्तिएपछी
अकस्मात् आमाको पेटमा भोक हराउँछ ।

मुक्तक-४

क्रिया अनुसार प्रतिक्रियाको आश हुनुपर्छ
आफ्ना गल्तिहरुको पनि आभास हुनुपर्छ
पाइलैपिच्छे शङ्का गर्दा बन्दैन प्रेमको घर
एकअर्कामा प्रष्ट बुझाइ, बिश्वास हुनुपर्छ ।

-दोलखा ,हाल दक्षिण कोरिया

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.