६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

माओवादीको पतन को कारण चरम परिवारवाद !मन्दिरा शर्मा पौडेल



मन्दिरा शर्मा पौडेल । महाधिबेसन को बेलामा प्रचण्ड को एउटा भनाइ आएको थियो “मेरो बसाइका सम्बन्धमा निकै प्रश्न उठ्ने गरेको छ,म डेरा सर्न तयार छु, झुपडीमा बस्न म तयार छु ।

” त्यति मात्र हैन, अधिबेसन लगत्तै कुनै गाउँ मा गएर बस्ने सोच बनाई सकेको समेत भन्न भ्याएका थिए। सुन्दा लाग्थ्यो के साँच्चै प्रचण्ड लाई आत्मबोध भएकै हो त,विलासी जीवनयापन मा अभ्यस्त भएको कुरा मा आत्मालोचना गरेर अब सुध्रिन्छन् होला त भनेर। तर ती सबै हात्तीको देखाउने दाँत मात्र साबित भए समय क्रम मा। ती फगत रुष्ट प्रतिनिधिको सहानुभूति बटुल्न प्रयोग गरिएका विधि मै सिमित भए।मुख्य प्रसङ्ग ,छोरा प्रकाशको सालिक अनावरण गर्दै गर्दा पूर्व लडाकु कमाण्डर नवराज न्यौपानेप्रिय क.नमराज न्यौपाने (सेवक) जसले यो ब्यबस्था ल्याउन युद्धमा जसरी रगत पसिना बगाए तर जुन उमेरमा हातमा कलम बोक्ने बेला बन्दुक बन्दुक थमाएर देश र जनताको अवस्था सुधार्न का लागि भनेर युद्ध मा होमियो आज युद्ध का क्रम मा लागेको छर्रा लिएर यतिका वर्ष सम्म उपचारको लागि भौतारिदा आफ्नै पार्टी र नेताले वास्ता नगरी दिँदा एक किसिमको बेवारिसे मृत्युबरण गर्न बाध्य पारिएको छ।पार्टी भित्र रहेका दलाल र नव सामान्तलाई नवराज को रगत पसिनाले कदापि छुट दिने छैन, यस्ता हजारौं नवराज अझै पनि उपचार नपाएर छट्पटाई रहेको अवस्था मा पार्टीका सुप्रिमो भनिने प्रचण्ड दिवंगत छोरा प्रकाश को शालिक अनावरण गर्दै हिड्नु कति न्यायोचित होला। प्रकाशको आम मान्छे मा छाप राम्रो पक्कै थिएन,केटी र रक्सी मा डुबी रहने, ज्ञानेन्द्र पुत्र पारस भन्दा धेरै फरक चाहिँ थिएन।

प्रचण्ड भन्दै छन्, सालिक बनाउन हामीले अनुरोध गरिएको हैन, स्वफूर्त रूपमा माओवादीले पनि सगरमाथा चढ्न सक्छन् यस्ता कुरा जनतालाई थाहा हुनु पर्छ भनेर बनाइएको रे।त्यसो त हालकी बुहारी तत्कालीन प्रकाशकी आरोहण दलकी सदस्य को साथमै बनाइदिएको भए अझ राम्रो हुन्थ्यो होला। त्यही सगरमाथाको प्रकरण मा नी धेरै विवाद भएको थियो, राज्यकोष को ढुकुटीको दुरुपयोग भयो भनेर। त्यो यात्राको दौरान प्रकाश ले बिना संग गरेको अनैतिक प्रतिफल नै त हो आजको बुहारी बिना मगर,जग जाहेर नै छ।

पृथ्वीनारायणकाे सालिक ढालेर प्रकाश दहालकाे सालिक वनाउँदा नेपाल र नेपालीकाे ईज्जत,गाैरव र सान वढछ त ? हामी समाजलाई कता डाेर्याउँदै छाैं, निरन्तरता काे क्रमभंग भनेकाे यहि हाे ? आजको मुख्य भनेको यही हो। संसदीय राजनीतिको दलदलमा फसी सके पछि प्रचण्ड सबै भन्दा बढी आलोचित भएका विषय हुन् चरम परिवारवाद, सत्ता र भौतिक विलासी जीवन शैली, भन्नु पर्दा प्रचण्ड यतिमै रुमल्ली रहेका छन् पुरै समय।१७ हजार ( आँकडा २ गुणा हुन सक्छ बेपत्ता र अरु खोजी गर्दा)मान्छेको ज्यान गुमाएर १० वर्षे जनयुद्ध गरेर आएको उपलब्धि त्यति कै लागि त पक्कै थिएन होला।हो जनयुद्ध ले केही सकारात्मक कुरा हरु नी ल्याएको कुरालाई नकार्न भने सकिँदैन तर त्यति नै उपलब्धि को लागि देश ले बेहोरेको क्षति को तुलना गर्दा क्षति बढी भएको देखिन्छ।माओवादी जुन जोश का साथ भूमिगत अवस्था बाट सार्वजनिक रूपमा आए त्यही गति मा अगाडि बढेको भए जनताको अवस्था पक्कै नी बदलिन्थ्यो तर सत्ता मोहमा पर्न साथ आफ्नै लगायत केही आसेपासे को अवस्था चाहिँ राम्रै संग बदलियो।

प्रचण्ड लाई सुझाव, जनयुद्ध का पूर्व लडाकु र घाइते हरुको अविलम्ब व्यवस्थापन होस् ताकि फेरि अर्को पिर २ सुन्न नसकेर सर्जक लाई आक्रमण गर्न पर्ने अवस्था न आओस्। आफ्ना परिवार बिरामी हुँदा विदेशका महंगा अस्पताल मा लगेर उपचार गराउन अलिकति लाज लाग्नु पर्ने हो, के आज ती लडाकु हरुले साथ नदिएको भए विदेशमा गएर उपचार त के विदेश सम्म जाने हैसियत बन्थ्यो? जहाज चढ्न सम्म नसिब हुन्थेन, यो कुरा हेक्का रहोस्।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : ५९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.