२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

अफवाहका र भ्रामक सूचना पछि नलाग्न खुम्बु पासाङल्हामुबासीलाई गाउँपालिकाको आग्रह



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले नेपाली कांग्रेसबाट निर्बाचित वडा नं १ का वडाध्यक्ष फुनुरु शेर्पा र खुम्बु कांग्रेसका गतिविधिप्रति आपत्ती जनाएको छ।

गत असार १० गते सम्पन्न गाउँपालिकाको दोश्रो सभाको ११ औं अधिबेशनको दोश्रो पूर्ण बैठकबाट पारित बजेट,योजना तथा कार्यक्रमलाई शेर्पा सहित खुम्बु कांग्रेसले प्रेश बिज्ञप्ति प्रकाशित गरी सामाजिक सन्जाल तथा सन्चारमाध्यमहरुमा अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै गाउँपालिकाले आपत्ति जनाएको हो।वडाध्यक्ष शेर्पा र खुम्बु कांग्रेसले गाउंपालिकालेबिभेदपूर्ण,राजनीतिक प्रतिशोध तथा बहुमतको दम्भबाट आगामी बर्षको बजेट बिनियोजन गरिएको आरोप लगाउंदै गाउँसभाको निर्णयको बिरोध गरेका थिए।

गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले शुक्रबार बिज्ञप्ति प्रकाशित गर्दै नेपाल सरकारको संबिधान,स्थानीय सरकार सन्चालन ऐन-२०७४,स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन-२०७८ र ,दिगो बिकासका लक्ष्यहरुले दिएको मार्ग निर्देशनलाई आधार बनाई योजना तर्जुमा गर्दा समेत कांग्रेसबाट निर्बाचित वडा नं १ का जनप्रतिनिधिहरुले गाउँसभामा गरेका उच्छृङ्खल र मर्यादा बिपरितका गतिविधिहरुको घोर भत्सर्ना गरिएको छ।

वडा नं १ लाई विभेद गरिएको,राजनीतिक प्रतिशोधको भावना सांधेको, बहुमतको दम्भ देखाएको भन्दै प्रकाशित/प्रशारित भ्रामक र झुठा समाचारहरुप्रति खेद व्यक्त गर्दै अध्यक्ष शेर्पाद्वारा जारी बिज्ञप्तिमा असीमित आवश्यकतालाई सिमित श्रोत र साधनबाट परिपूर्ति गर्नुपर्ने हुँदा गाउँपालिकाबासीहरुको माग तत्काललाई पूरा गर्न नसके पनि आगामी आर्थिक बर्षमा पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै भ्रामक सूचना र अफवाहका पछि नलाग्न गाउँपालिकाबासीलाई अपिल गरिएको छ।

यस्तो छ बिज्ञप्तिको पूर्ण पाठ :

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  २ : ५७ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.