सोलुखुम्बु।याक,नाक तथा चौरीको विमा बीमीतले बुझाउने बीमा शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्न याक तथा चौरी व्यवसायी संघ र आईएमई जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।
याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष नुरु शेर्पा र IME जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा प्रबन्धक खगेन्द्र बनद्वारा हस्ताक्षर गरिएको सम्झौतामा १५ प्रतिशत छुट सँगै जिल्ला भरका याक नाक तथा चाैरीहरूमा हुने जाेखिम न्युनिकरण गर्न र पशुधनीलाई हुने नाेक्सानी कम गर्न बीमाकाे दायरा बढाउने र सबै व्यावसायीहरूले पालन गर्नु भएकाे पशुहरूकाे बीमा गर्ने र साे बीमा पश्चात पर्न आएका दावीहरूकाे प्राथमिकताका साथ अगाडी बढाउने, पशुधन विमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न दुवै पक्षले कार्यक्रम गर्ने, बीमा दाबीकाे आवश्यक कागजात संघको प्रतिनिधि मार्फत पनि उपलब्ध गराई प्रक्रिया चलाउन सक्ने विषय उल्लेख छ ।
यो सम्झौता भएसंगै अब कृषकले आफ्नो वीमा दावीका लागि कागजात लिई सल्लेरी धाउनु पर्ने झन्झटको अन्त्य हुने छ ।
सोलुखुम्बु जिल्लाको याक नाक तथा चौरी विमाकाे लागि अाज दुई पक्षीय संझाैता भए सगै जिल्ला भित्रका सबै व्यावसायिक रूपमा चाैरी पालन गर्दै अाउनु भएकाे कृषक व्यावसायी बीमाको दायरामा आउने र हाल भैरहेको पशुधन क्षति न्यूनीकरणमा सहयोग पुग्ने, सरकारकाे नितिमा टेवा पुग्ने , सरकारकाे उदेश्य पूरा हुँदै जाने र आम व्यावसायीकाे लगानी सुरक्षित हुने शाखा प्रबन्धक खगेन्द्र वनले बताउनुभयो ।
हिमाली क्षेत्रको चौरीको सङ्ख्या लोप हुनुको मुख्य कारण पशुधन क्षति रहेको बताउँदै, यो सम्झौता मार्फत कृषकलाई प्रोत्साहन मिल्ने र याक तथा चौरी संरक्षणमा टेवा पुग्ने याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बु जिल्लाका अध्यक्ष नुरु शेर्पाले बताउनुभयो ।
हाल पशुधन बीमामा लाग्ने प्रीमियममा नेपाल सरकारले ८०% अनुदान दिँदै आइरहेको छ । सरकारले यति ठूलो सहयोग गरेता पनि दुरदराजका चौरी कृषकहरु बीमाको दायरामा सोचे जस्तो आउन नसकेको भन्दै आगामी दिनमा आफ्नो पशुधन क्षतिको न्यूनीकरणका लागि विमा अनिवार्य गर्न सम्पूर्ण याक तथा चौरी कृषकहरुलाई याक तथा चौरी कृषक महासंघ नेपालका तदर्थ समितिको अध्यक्ष समेत रहनुभएका शेर्पाले अनुरोध गर्नुभयो ।