५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

करार सम्झौता नवीकरण : तत्कालका लागि आफ्नो निर्णयबाट पछि हटयो सोताङ गाउँपालिका



सोलुखुम्बु।जिल्लाको सोताङ गाउँपालिकाले आफ्नो मातहत रहेका करारमा रहेका सबै संस्थामा कार्यरत कर्मचारीहरुको करार नविकरण गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सोमबार बसेको गाउँकार्यपालिका बैठकले गत शुक्रबार गाउँसभाले गरेको आफ्नै निर्णय उल्ट्याउंदै एमबीबीएस डाक्टर देखी सफाइ कर्मचारी समेतको करार तत्कालका लागि थप गर्ने निर्णय गरेको हो।यसअघि शुक्रबारको गाउँसभाको निर्णय भन्दै प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले सूचना जारी गर्दै करार कर्मचारी र शिक्षकहरुको करार थप नगर्ने जनाएका थिए।

रहस्य खबर अनलाइनले आइतबारको संस्करणमा ‘सोताङ गाउँपालिकामा खोसियो एकै पटक दर्जनौं ब्यक्तिको रोजगारी, चौतर्फी आक्रोश बढ्दै’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो।त्यसको भोलिपल्ट सोताङ गाउँपालिकाको कार्यपालिकाको बैठकले कर्मचारीहरुलाई करार सम्झौता नविकरण गरी काममा लगाउने र अर्को कार्यपालिका बैठकले कार्यसम्पादन मूल्यांकनलाई समेत आधार मानि थप निर्णय लिने र त्यसलाई गाउँसभाले अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.