९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

दिलिप एस कुलुङको शब्द संयोजनमा ‘हाम्रो महाकुलुङ’ सार्वजनिक



काठमाडौं। दिलिप एस कुलुङको शब्द संयोजन र पहलमा महाकुलुङ गाउँपालिकाको चिनारी गीत भर्खरै सार्वजनिक भएको छ ।

उक्त गीतमा बरिष्ट संगीतकार बालन्द राईको संगीत, चर्चित गायिका मेलिना राईको स्वर र एरेन्ज सचिन सिंहको रहेको छ । गीतका शब्दहरुको अंग्रेजी अनुवाद भने गुदेल निवासी बेन होदिबु कुलुङले गरेका हुन ।

गीतमा रहेको अधिकांश दृश्यहरु डकुमेन्ट्री मेकर विनोद कुलुङले खिचेका हुन भने एटिडिङ पार्टको भूमिका कलाकार सिर्जन शिरिस कुलुङले सम्हालेका हुन् ।

गीत निर्माण कार्यको सुरुदेखि अन्तिमसम्म संयोजनकारी भूमिका पोखराका अनुज कुलुङले गरेका हुन् । त्यस्तै संगीतकार आसुतोश राईको पनि उत्तिकै महत्वपूर्ण सहयोगी भूमिका रहेको छ ।

शब्दकार दिलिप एस कुलुङ, अमेरिका निवासी टंक सोम्फोरु कुलुङ, कमलराम कुलुङ, तिलक कुलुङ, हिकराज कुलुङ, अर्जन कुलुङ, कोरियामा कार्यरत मदन कुलुङ, आशिष कुलुङ, प्रविण कुलुङ साथै काठमाडौं निवासी ई. हस्तमान कुलुङ तथा महाकुलुङ निवासी श्रवण कुलुङ र छिरी कुलुङको संयुक्त आर्थिक सहयोगमा यो गीत बनेको हो ।

गीतको भिडियो लिङ्क तल दिइएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.