५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा विभाजन भएको आरोप



काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरूप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान (प्रतिनिधिसभा विघटन) नै ध्वस्त पारेको बताएका हुन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.