१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

थुलुङ दुधकोशीले ल्यायो विभिन्न नयाँ कार्यक्रम,गाउँसभामा ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैँयाको बजेट पेश



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले नीति तथा कार्यक्रम र आगामी बर्षको बजेटमार्फत विभिन्न कार्यक्रमहरु अघि सारेको छ।

गाउँपालिकाको दोस्रो गाउँ सभाको पहिलो अधिबेशनमा सार्बजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमार्फत गाउँपालिकालाई तेलमा आत्मनिर्भर बनाउनेदेखी पालिकालाइ प्रविधि मैत्री बनाउनेसम्मका कार्यक्रम समेटिएको प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार गाउँपालिकामा कृषि एम्बुलेन्स सन्चालन गर्ने, खानेपानी बोर्ड गठन अब उक्त बोर्डले खानेपानी दिगो समस्या समाधान गर्ने, यो वर्ष भित्र सबै गाउमा राष्ट्रिय प्रशारण लाइन विधुत विस्तार गरि उज्यालो गाउँपालिका घोषणा, विद्युत बस सन्चालनका लागि चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकताका साथ अघि बढाईएको छ।

गाउँसभामा आर्थिक आगामी आर्थिक बर्षका लागि ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैँयाको बजेट पेश गरिएको छ ।संघ, प्रदेश र आन्तरिक अनुमानित आम्दानीको अधिनमा रही सो बजेट पेश गरिएको कार्कीले बताए ।

संघीय समानिकरण अनुदान १४ करोड २१ लख, सशर्त अनुदान २५ करोड २ लाख, राजस्व बाँडफाँड ८ करोड ५५ लाख ९३ हजार, समपुरक अनुदान एक करोड १० लाख, विशेष अनुदान ५० लाख, प्रदेश सरकारको समानिकरण अनुदान ७८ लाख १६ हजार, राजस्व बाँडफाँड २८ लाख ४३ हजार र आन्तरिक आम्दानी एक करोड ८ लाख ४३ हजार गरि ५१ करोड ८३ लाख ९६ हजार ४ सय रुपैँयाको बजेट ल्याइएको हो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ३६ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.