५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

रवि लामिछानेलाइ ठगीको आरोप



काठमाडौं । सञ्चार कर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेमाथि ठगीको आरोप लागेको छ।

रवि लामिछाने न्युज २४ टेलिभिजनमा हुँदा रियालिटी शो ‘द लिडर’ प्रशारण गर्ने घोषणा गरेका थिए र शोमा सहभागी हुन आवेदन दिएकाहरुबाट पैसा उठायका थिय।

तर लामिछानेले न्युज २४ छाडेर ग्यालेक्सी फोरके टेलिभिजनमा गए। उक्त कार्यक्रम पनि ग्यालेक्सी फोरकेबाटै प्रशाण हुने बताइएको थियो।

हालै लामिछानेले पेशा नै छाडेर ‘नेपाल स्वतन्त्र पार्टी’ घोषणा गरेपछि आवेदन दिएका हरु बोल्न थालेका हुन।

लामिछानेमाथि तीन करोड बढी गठी गरेको आरोप छ। यसैबीच, लामिछानेले आज आयोजित पत्रकार सम्मेलनमा सो बिषयबारे बोल्दै आफूले सबै पैसा फिर्ता गर्ने बताएका छन्।

केहिको रकम फिर्ता गरिएको र अन्यको फिर्ता गरिनेबारे सूचना जारी भइसकेको उनले स्पष्ट पारेका छन्।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.