४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

रवि लामिछानेलाई पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन उनकै दाजु हरिशरण लामिछानेको दबाब



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेमाथि स्वतन्त्र उम्मेदवारहरुको ठूलै दबाब परेको छ ।रवि माथि उनकै दाजु हरिशरण लामिछानेले स्वतन्त्र शब्द हटाउन दबाब दिएका छन् । उनीमाथि स्वतन्त्र शब्द हटाउन दबाब बढेको पनि माहोल देखिन्छ ।

विश्व साइकल यात्री पुष्कर शाह देखि चलचित्र निर्देशक मनोज पण्डित समेतले स्वतन्त्र शब्द हटाउन निर्वाचन आयोगमा निवेदन दिएका छन् भने लामिछानेमाथि स्वतन्त्र शब्द माथि नै प्रहार गरेको आरोप लगाइएको छ ।

लामिछानेले स्वतन्त्रहरुलाई एकजुट बनाउने भन्दै पार्टीको नाममा स्वतन्त्र शब्द राखेका थिए तर, त्यसको सर्वत्र विरोध भएको छ । पूर्वसचिव भीम उपाध्यायले तत्काल स्वतन्त्र शब्द हटाउन रवि लामिछानेलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : ०० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.