१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

नेकपाका चार नेताले छोडे बिप्लवको साथ



काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताले पार्टी छाडेका छन्।

पूर्व पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’, केन्द्रीय सल्लाहकार सदस्य शंकर बहादुर खड्का ‘सिकन्दर’, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी ‘अग्नि’ र हाल विशेष कमिटी सदस्य रमेश परियार ‘जीवन’ ले बिहीबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपामा नरहेको स्पष्ट पारेका हुन्।

‘आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ’, संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

उनीहरुले जनयुद्धको जगमा खडा भइ हाल विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयासका लागि विप्लवको साथ छाडेको उनीहरुले उल्ल्ख गरेका छन्।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  २ : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.