६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रवि लामिछानेको स्वतन्त्र पार्टी घोषणा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् ।

मंगलबार आयोजित कार्यक्रममा लामिछानेले भने, ‘मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ । म डराएको होइन । तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ । हामीलाई हार्ने सुविधा छैन । राजनीति पत्रकारिता जस्तो छैन ।यसलाई राजनीति जसरी नै गर्नुपर्छ । जहाँबाट तपाईंहरूको प्रतिक्रिया आउँछ त्यहाँबाट चुनाव लड्छु ।

आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको बताएका हुन् ।
उनले यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : १६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.