३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

एन्फा अध्यक्षमा पंकजविक्रमले मारे बाजी,कर्माछिरिङ पराजित



काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्बाङ विजयी भएका छन्।

सोमबार सम्पन्न निर्वाचनबाट पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्बाङ विजयी भएका हुन्।

नेम्बाङले कुल ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे। त्यस्तै अर्का उम्मेद्वार राजीव पौड्यालले कुनै मत प्राप्त गरेनन्। कुल ८४ जना मतदाता रहेका थिए।

वरिष्ठ उपाध्यक्षमा ५० मत गन्दा नेम्बाङ पक्षका वीरबहादुर खड्काले २८ मत प्राप्त गरेका छन् भने शेर्पा पक्षका शिक्षित पराजुलीले २२ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.