६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले आन्दोलन सुरू गरेको छ



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले आन्दोलन सुरू गरेको छ ।

सोमबार बिहानै बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध नाराबाजी गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासि वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल १९२ रूपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.