१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

शान्ति शर्माको तेस्रो काव्यकृति ‘सपनाको समाधी’ बिमोचित



काठमाडौं। कवयित्री शान्ति शर्मा तेस्रो काव्यकृति लिएर पाठकमाझ आएकी छन्। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले शनिबार काठमाडौंमा एक समारोहबीच शर्माको कवितासङ्ग्रह ‘सपनाको समाधि’ विमोचन गरे।

कृतिमाथि प्राज्ञ देवी नेपाल, प्रल्हाद पोखरेल, मोमिला जोशी र आङदाबा शेर्पाले टिप्पणी र शुभकामना प्रकट गरेका थिए । साझा प्रकाशनद्वारा प्रकाशित सङ्ग्रहमा प्रेम, प्रकृतिसहित विभिन्न विषयवस्तुका ४७ वटा लामा-छोटा समसामयिक कविता समेटिएको छ। सो सङ्ग्रह शर्माको तेस्रो काव्यकृति हो।

यसअघि उनका ‘अम्लान फूल’ गजलसङ्ग्रह र ‘बार्दलीमा जून’ मुक्तकसङ्ग्रह प्रकाशित छन्। दियालो साहित्य सरगमद्वारा आयोजित कार्यक्रममा ‘नसोधिदेऊ बिन्ती’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। निशान घिमिरेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा धीरेन शाक्य, शान्ति शर्मा र मोना वर्णवालको अभिनय रहेको छ। शान्ति शर्माद्वारा रचित गीतमा हरि लम्सालले संगीत गरेका छन् भने वाणिका प्रधानले आवाज दिएकी छन्।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ०६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.