मन्दिरा शर्मा पौडेल । नारी शरीर लाई भौतिक वस्तुको बिक्री प्रवर्धन गर्ने मुख्य उद्येश्य को साथ विश्व बजार मा सुरु भएको सुन्दरी प्रतियोगिताको नेपाल संस्करण २ वर्षको अन्तरालमा भएको छ।
‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि काठमाडौं निवासी २४ वर्षीया प्रियंका रानी जोशीले २२ प्रतिस्पर्धी लाई पछि पार्दै हात पारेकी छन् । उनले आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । व्यक्ति कति सुन्दर छ भन्ने कुरा उसको बाहिरी आवरणलाई हेरेर भनिन्छ भने त्यो सुन्दरता मापनको कसी हुनै सक्दैन । व्यक्ति सुन्दर हुन मन पनि त्यत्तिकै सुन्दर हुनुपर्छ साथै, व्यक्तिको आनीबानी, बोलीचाली पनि राम्रो हुनुपर्छ भन्नु गलत नहोला। बाहिरी सुन्दरता र बौद्धिकताको मापदण्डमा खरिने नारी नै मिस नेपाल हुने र अंग्रेजीमा दुई-चार वाक्य बोलेकालाई आधार बनाएर कुनै पनि व्यक्तिको बौद्धिकता मापन गर्न सकिँदैन।
कुनै नारी कति बौद्धिक छिन् भन्ने जान्न यो मात्रै उचित तरिका नहुन सक्छ । त्यसैले अब कुनै नयाँ अवधारणामार्फत व्यक्तिको बौद्धिकता मापन गर्न सकिन्छ कि भनेर खोजी गर्ने हो कि ? मिस नेपालमा सहभागी हुन लाई उद्यमशीलता मा लागेर अरु लाई प्रेरित गरेको हुनु पर्ने, समाज मा उदाहरणीय कार्य गरेको, मिस नेपाल मा आउन भन्दा पहिला नै एउटा असल छवि बनाई सकेको हुनु पर्ने मात्र पनि थप्न सक्ने हो भने यस्ता प्रतियोगिताको सार्थकता अल्ली बढी हुन्थ्यो की। देशलाई नै चिनाउन अरु पनि धेरै विषय हुन सक्छन् र छन् पनि । नारी सौन्दर्यलाई देश चिनाउने प्रमुख ध्येयको रुपमा लिने हो भने बौद्धिक जमातले यस्ता कार्यक्रम आयोजना हुनुको औचित्यबारे प्रश्न उठाउनु पर्छ अब । तर, यसबारे अहिलेसम्म कुनै अध्ययन र अनुसन्धान नै भएको छैन।
महिला अधिकार कर्मी हरु नी सुरुका चरण मा आयोजना स्थल तिर नारा जुलुस गरेको देखिन्थ्यो आजकल त्यो विरोध गरेको कतै वाट देखिँदैन। तसर्थ, फगतमा यस्तो प्रतियोगिता आयोजना गर्नुको सट्टा क्षमतावान् महिलाहरू जो लगानीको अभावमा केही गर्ने चाहना हुँदा हुँदै नी गर्न सकी रहेका छैनन्, उनीहरूलाई अवसर दिई अगाडि बढ्नलाई प्रेरित गर्दा कसो होला?