मन्दिरा शर्मा पौडेल।अन्तत सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् ।
आगामी चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिए । लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि कुनै पनि जिज्ञासा हरु प्रस्ट पारेका छैनन् , पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । निर्वाचन क्षेत्र पनि भनेका छैनन् ।अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ ।तर राजनीति मा आउने पहिल्यैदेखिको योजना रहेको भन्ने कुरा चाहिँ बताएका छन् ।
“स्वतन्त्र चुनाव लड्ने, भएका राजनीतिक दलमध्ये एउटामा लाग्ने वा आफैले दल निर्माण गर्ने सबै अप्सनमा हामी काम गरिरहेका छौं । तर टुंगोमा पुगेको छैन । ७ गतेसम्म पर्खिन आग्रह गर्छु ।”रबिले भनेका छन्। अब रविले टेलिभिजन बाट कमाएको शाख , जनता बाट पाएको साथ समर्थन राजनीतिमा आएर जोगाउन ठूलो चुनौती छ।धेरैको आशंका रवीन्द्र मिश्र को जस्तो त हुने होइन भन्ने पनि छ किनकि अहिले भएको व्यवस्था र परम्परावादी दल को सिण्डिकेट तोड्न त्यति सजिलो पक्कै नी छैन। स्थानीय तह मा मेयर जस्तो कार्यकारी पद नी हैन सांसद । जहाँ सम्म रवि ले, प्रमुख कार्यकारी को प्रत्यक्ष निर्वाचन को व्यवस्था गराउन पहल गरेर सिधै कार्यकारी को लागि चुनाव मा गएको भए जित्ने पनि अनि सोचे अनुसार काम गर्न सक्ने अवस्था रहन्थ्यो।
अब को विकल्प की स्वतंत्र योग्य उम्मेदवार को राष्ट्रिय सञ्जाल बनाएर १६५ सिट नै कब्जा गर्ने रणनीति मा अघि बढ्नु पर्छ। अर्को, सबै पार्टी बाट र स्वतन्त्र बाट नी योग्य मान्छे लाई गोलवन्द गरेर नयाँ पार्टी निर्माण गर्नु पर्छ। अन्तिम विकल्प , भएका पार्टी मध्य बाट अहिलेको परिवेश मा अल्ली क्रान्तिकारी (जनता मार्ने हैन) पार्टी मा सामेल भएर जाने। भएका पार्टी मध्य राजेन्द्र लिङ्देन नेतृत्व को राप्रपा नै उचित विकल्प हुन सक्छ (राजतन्त्र बाहेक का सबै एजेण्डा एकदम सही छन्)। तर नी सबै कुराको निर्णय गर्ने अधिकार स्वयं रवि लाई नै छ जसको निर्णय आगामी ७ गते नै हुनेछ। अन्त्य मा जसरी नेपाली पत्रकारिता मा आवाज विहिन को आवाज बनेर कमाएको अपार जन समर्थन ,राजनीति मा आएर अझ बढेर जाओस् अनि देश मा जति व्यवस्था परिवर्तन भए नी जनताको हुन नसकेको अवस्था परिवर्तन हुन मा यहाँ को भूमिका अनुभूति गर्न मिलोस् ,धेरै शुभकामना।