१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

प्रधानसेनापति शर्मा लेबनान प्रस्थान,अमेरिका हुँदै असार १९ गते नेपाल फर्कने



काठमाडौं । प्रधानसेनापति पर्शुराम शर्मा अमेरिकासम्म पुग्ने गरेर शनिबार विदेश भ्रमणमा निस्किएका छन् । सात सदस्यीय टोलीसहित उनी आज लेवनानतर्फ प्रस्थान गरेका हुन् ।

शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरे । द्धनद्धग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ गर्न भन्दै राष्ट्र संघीय मिशनमा नेपाली सेना पनि सहभागी हुँदै आएको छ । त्यहाँ खटिएका नेपाली सेनाको हौसला बढाउन र मिशनको भावी योजनाबारे जानकारी दिन शर्मा लेवनान प्रस्थान गरेको जनाइएको छ ।

लेवनानपछि सिरिया हुँदै असार १३ गते अमेरिका पुग्ने योजनामा रहेका शर्मा असार १९ गते मात्रै स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.