१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

धादिङका किसानहरुले मल बोकेर आएको २ वटा ट्रकलाई रोकेर मल नियन्त्रणमा लिन खोजेका छन् । स्थानीय र पुलिस बीच झडप (भिडियोसहित)



असार। जिल्लाको धुनिवेशी नगरपालिकामा किसानहरुले मल कब्जा गरेका छन् । काठमाडौँ भित्रिदै गरेको डिएपी, युरिया मलको ट्रक कब्जा गरेर मल लगेका हुन् ।

अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन् ।

करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगिएको बताइएको छ ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.