काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले फेरि पनि विवादमा तानिएका छन् ।
पर्यटन तथा नागरिक उड्ययनमन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन् । पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ ।