६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एसपीपी सन्दर्भमा सरकारलाई खवरदारी ! डा.ठाकुरमोहन श्रेष्ठ



नेपाली सेनाले देशको भू राजनीतिक अवस्थिती र सामरिक संवेदनशीलतामा प्रतिकुल असर पर्ने गरी भविष्यमा कुनैपनि साझेदारी नगर्ने प्रतिबद्धता जनाएकोमा नेपाल नागरिक अभियानका राष्ट्रिय अध्यक्ष डा.ठाकुरमोहन श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।

श्रेष्ठले बिहिबार एक विज्ञप्ती जारी गर्दै सेनाको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका थिय । तर, सरकारले भने एसपीपीबारे प्रष्ट कुरा नभनेका कारण जनतामा अन्यौलता भएको भन्दै उनले राष्ट्रहित विपरितका सम्झौता कोही कसैसँग नगर्न सरकारलाई खबरदारी समेत गरे ।

यसअघि एमसीसी सम्झौताको सशक्त विरोध गर्दै आएको नेपाल नागरिक अभियानले चर्चामा रहेको एसपीपी सम्झौताको पनि विरोध गरेको हो । प्रधानमन्त्री र प्रधानसेनापतिको हुने भनिएको अमेरिका भ्रमणपूर्व सरकारले एसपीपीबारे आफनो धारणा सार्वजनिक गर्नुपर्ने नेपाल नागरिक अभियानका अध्यक्ष डा. श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरियकोछ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ६ : २४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.