बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो ११ बजे नै डिस्चार्ज भएकी हुन् ।
दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिएका छन् । पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको छ । उनी अस्पतालबाट बुटवलस्थित आफ्नै निवासमा गएको उनी निकट स्रोतले जनाएको छ।