३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

प्रधानमन्त्रीका पीएका ज्वाँईको सरुवाका लागि नियमावली संशोधन गर्न खोजिएको बस्नेतको दावी



काठमाण्डौं। नेकपा एमालेका सांसद महेश बस्नेतले स्थानीय तहको चुनावमा प्रहरी प्रशासनको गलत प्रयोग भएको बताउनु भयाको छ ।

आ जै बसेको प्रतिनिधिसभा बैठकको समयमा बस्नेतले स्थानी तहको चुनावमा प्रहरी प्रशासनको गलत परिचालन र धाँधली धेरै ठाउँमा गरेको बताउनु भयो ।

सांसद बस्नेतले भन्नु भयो : ‘आफ्नो अधिकारको माग गर्ने क्रममा महिला हिंसा तथा बलात्कारका घटनाहरू रोकिएका छैनन् ,अछाममा हत्या भएको छ, ताप्लेजुङ, उदयपुर र रुकुम जस्ता ठाउँहरूमा हत्या भएका छन् ।,’ ‘ उहाँले पटक पटक कानुन मन्त्री र गृहमन्त्रीको फरक फरक जवाफ आएको पनि बताउनु भयो । संसद्मा उठेको बलात्कारको हदम्यादमा गृहमन्त्री भन्नु हुन्छ हदम्याद लागु गरिँदैन तर कानुन मन्त्री भन्नु हुन्छ कानुन आयोग सँग राय लिँदै छु, यस्तो खालको फरक धारणा किन आइरहेको छ ?, ’

सिन्धुपाल्चोक लगायतका ठाउँहरूमा एमालेका कार्यकर्ता माथि किन झुटा आरोप लगाइँदै आएको छ ? सांसद बस्नेतले प्रश्न गर्नु भयो ।

प्रधानमन्त्री ज्यूको सचिवालयका प्रधानमन्त्रीकै आसपासका व्यक्तिलाई सशस्त्र प्रहरीको ज्वाइँलाई एस् पी बाट एस् एसपी बनाउनको निमित्त नियमावली २०७२ संशोधन गरिन खोजिँदै छ, यस्ता खालको प्रविधिले सशस्त्र प्रहरी विरुद्ध गम्भीर ढङ्गले प्रश्न उठेको छ, उहाँले बताउनु भयो ।

यसरी प्रहरी प्रशासनलार्ई नेता र प्रधानमन्त्रीले आफ्नो स्वार्थको लागी प्रयोग गरेको छर्लंगै देखिदै आएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ३६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.