६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

एसपीपीको सम्झौता ओली सरकारकै पालामा भएको हो :प्रचण्ड



काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा गरेको दाबी गरेका छन् ।

पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले कुनै सम्झौता नगरेको दाबी गरे ।

‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखेको हो,’ प्रचण्डले भने, ‘हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ। विल्कुल झुटो हो ।’प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको प्रचण्डको जिकिर छ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.