५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

राज्यमन्त्री वलीको स्वास्थ्य परीक्षणमा डिप्रेसनको लक्षण देखियो



लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले बतायको छ ।

स्रोतका अनुसार विमला अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । विमलालाई राति उपचार सुरू गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर ईन्द्र ढकालले पुष्टी गरे ।

‘मन्त्री वलीलाई रातिनै अस्पताल लागियको थियो’ भने, ‘अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर, उहाँले भर्ना हुन मान्नुभएन ।’उनलाई अर्धचेत अवस्थामा राति अस्पताल पुरायियो डाक्टरका अनुसार विमलामा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ ।

राज्यमन्त्री वलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो । राज्यमन्त्री विमलालाई गएराति दाङबाट बुटवल लगिएको थियो । बुटवल लैजादै गर्दा वलीले अधिकांश समय ‘एकराज खोई ?’ भन्दै बर्बराएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : १२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.