खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रबक्तामा लाक्पाछिरी शेर्पा नियुक्त भएका छन् ।
जेठ २० गते बसेको गाउँ कार्यपालिका बैठकले शेर्पालाई प्रबक्ताको जिम्मेवारी दिने निर्णय गरे अनुरुप उनलाई सो पदमा नियुक्त गरिएको गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले जानकारी दिए। हाल गाउँ कार्यपालिका सदस्य रहेका शेर्पाले अघिल्लो कार्यकाल पनि गाउँपालिका प्रबक्ताको जिम्मेवारी सम्हालेका थिए।
कार्यपालिकाको सोही बैठकले विभिन्न बिषयगत समितिहरु गठन गर्नुका साथै आगामी आर्थिक बर्षका लागि बजेट निर्माणका लागि क्यालेन्डर समेत निर्माण गरेको थियो ।सोही क्यालेन्डर अनुसार अध्यक्ष मिङमा छिरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जेठ २९ गतेको गाउँसभाले पारित गरिसकेको छ।असार १५ गतेभित्र गाउँसभामा बजेट प्रस्तुत गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको तयारी छ।