तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा नीरज राई, काठमाडौंका सन्देश शर्मा, केशवप्रसाद दुलाल, सानु भण्डारीसहितले शरणार्थीका नाममा अमेरिका पठाउन भन्दै रकम उठाएको स्रोतले जनाएको छ ।
उनीहरूलाई बुझाइएको रकममध्येको केही (बैंक) अर्धकट्टी कान्तिपुरसँग सुरक्षित रहेको छ ।
गृह मन्त्रालय र नेपाल प्रहरीले गिरोहबाट गैरशरणार्थीलाई अमेरिका पठाउने नाममा भएको असुली धन्दाबारे सूचना आएको र त्यसबारे छानबिन गरिरहेको जनाएको छ