१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

प्रधानमन्त्रणी राणा को नजर नपरे सम्म निहारिका ले न्याय नपाउने ! मन्दिरा शर्मा



सरकार, निहारिका लाई कहिले सुन्ने?सुस्मिता को एउटा भिडियो आउन साथ प्रहरी ,सांसद सबै प्रकाश कै गतिमा एक्शन मा उत्रिए जुन प्रधानमन्त्रणी को ठाडो आदेश को असर थियो।

के आरजु राणा लाई काख मा बच्चा लिएर निहारिका यतिका समय देखि न्याय को लागि भौतारिएको नजर मा नपरेकै हो त?आफूले नजितेको क्षेत्र मा बजेट नै नपठाउन सक्ने अति शक्तिशाली, प्रभावशाली महिला प्रधानमन्त्रणी भएको देश मा निहारिका जस्ता कुमारी आमा ले न्याय पाउन अनसन नै बस्न पर्ने कुरा लज्जास्पद छ । पर्दा पछाडि ठूलो चलखेल र षडयन्त्र को गन्ध आउन थालेको छ,पीडित लाई अझ बदनाम गराउन को लागि संगठित रुपमै तर सार्वजनिक रूप मा खुलेर कोही आउन सक्ने अवस्था छैन किनकी अफवाह फैलाउने भनेकै पछाडि बाट हो।

निहारिका अनुहारको भाव हेर्दा त्येस्तै लाग्छ जस्तो मुख वाट बोली आई रहेको छ, अनुहारमा कतै वाट सपोर्ट नपाएको न्यायको लागि र हरेस खाएर न्यायको लागि ज्यान नै दिन सक्ने तर पछि नहट्ने संकेत प्रस्ट देखिन्छ।कसैले झुटा आरोप लगाएको छ वा आफू अन्याय मा परेको नाटक गरेको छ भने यति लामो समय सम्म लड्न सक्दैन अनि अहिलेको सूचनाको युग मा धेरै समय सम्म झुट लुक्न नी सक्दैन। निहारिका का सामान्य माग हरु: बच्चा को DNA टेस्ट, घटनाको पुन अनुसन्धान,बच्चा को उचित तरिकाले जिउन पाउने व्यवस्था अविलम्ब गरियोस् र सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गरियोस्।

फेरि पनि, जनतालाई सरकार छ भन्ने अनुभूति होस्, कोही कसैले न्याय पाउन को लागि अनसन बस्दा बस्दै मर्न पर्ने स्थिति को अन्त्त होस्।आज निहारिका ले अन्याय मा परेको कारणले हरेस खाएर बच्चा सहित आत्म हत्या गरेको भए , यहाँ आगो बल्थ्यो सायद दोषी लाई कारबाही नी हुन्थ्यो, मृत्यु पश्चात निहारिका लाई न्याय नी मिल्थ्यो, यो कुरा चाहिँ पक्का हो। किनकि यो नेपाल हो, सतीले सरापेको देश।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ९ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.