पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरीले जानकारी दिइन् ।
मिथिला संविधानसभा सदस्यसमेत थिइन् र नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिइन् । उनका श्रीमान्, दुई छोरी र एक छोरा छन् ।