३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

बन्चरे डांँडाका स्थानीय र महानगरबीच १८ बुंदे सम्झौता,आजबाट काठमाडौंको फोहोर उठ्ने



काठमाडौं।काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे गएराती काठमाडौं महानगर र बन्चरेडाँडा क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच सहमती भएको छ।

गएराती १ बजे १८ बुँदे सहमति भएको हो । सहमतिपछि आजदेखि फोहोर उठ्ने छ। स्थानीयको अवरोध हट्ने छ। स्थानीय जनप्रतिनिधि र महानगरबीच रातीमा मात्रै फोहोर उठाउने गरि सहमति भएको छ।

मध्यराती महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका-१ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ०१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.