काठमाडौं । स्थानीय तह निर्बाचनमा स्वतन्त्र उम्मेदवारहरुको पक्षमा वकालत गरेका हेमराज थापाले आगामी संघीय निर्बाचनमा काठमाडौंको क्षेत्र नं ४ बाट उम्मेदवारी दिनेभएका छन्।
सामाजिक काममा सक्रिय थापाले नेपाली कांग्रेसका महामन्त्री गगन थापासंग प्रतिस्पर्धा गर्न सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनेभएका हुन्।
त्रिभुवन बिश्वाविध्यालयबाट स्नातकोत्तर गरेका थापा स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई जिताउन देशभरी चुनावी अभियानमा सहभागी भएका थिए ।
स्थानिय चुनाव लगत्तै थापा विभिन्न मिटिङहरुमा ब्यस्त देखिन थालेका छन् । उनी अहिले स्वतन्त्र उम्मेदवार कसलाई उठाउने र अब कसरी स्वतन्त्रलाई जिताउने भनेर व्यापक छलफल गरिरहेका छन् ।
राजनीतिक दलका नेताहरुबाट विरक्तिएका थापा देशमा परिवर्तन खोजिरहेका छन्। थापाको निकटतम स्रोतका अनुसार, उनी देशभरिका स्वतन्त्रलाई कसरी जिताउने, उम्मेदवार कसरी उठाउने भन्ने छलफलमा ब्यस्त छ्न् भने अर्को तर्फ उनी कपन, बुढानिलकण्ठ, चाबहिल, गौशाला, कालोपुल क्षेत्रका जनतासँग पनि दैनिक छलफलमा व्यस्त छन् ।
यस क्षेत्रका युवा र जनतासंँग बढी समय खर्चन थालेपछि राजनीतिक वृत्तमा हलचल पैदा भएको छ । उनी काठमाडौं निर्बाचन क्षेत्र नम्बर ४ बाट चुनावमा भाग लिन सक्ने अनुमान राजनीतिक दलका नेताहरुले बुझ्न थालेका छन् ।