५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मेयर बालेन्द्रले प्रचण्डसँग अचानक किन भेटे



 

 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मेयर साह शनिबार बिहान प्रचण्डकै निवास खुमलटार पुगेर प्रचण्डलाइ भेटेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव पनि दिएका छन् ।

भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् भने अहिले प्रचण्ड निवासमा पुगेर प्रचण्डलाई नै भेटेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : ३६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.